पोखरा– एकीकृत समाजवादी जिल्ला कमिटी, कास्कीका सचिव होमबहादुर नेपाली एमालेमै फर्किएका छन्।
माधवकुमार नेपाल समूहले एमालेमा समानान्तर गतिविधि गर्दा त्यसमा संलग्न भएका नेपाली शनिबार माउ पार्टी एमालेमै फर्किएका हुन्।
एमाले उत्पीडित जातीय मुक्ति समाज निर्वाचन परिचालन उपसमिति कास्की २ को हालै आयोजित भेलामा पार्टीका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा, जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्री लगायतले नेपालीलाई एमालेमा स्वागत गरेका हुन्।
एकीकृत समाजवादी गठन हुनुअघि नेपाली एमाले कास्की जिल्ला कमिटी सदस्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।