काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।
शनिबार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन्।
कांग्रेस पार्टीको घोषणापत्र सार्वजनिक पत्र कार्यक्रममा बोल्दै कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कांग्रेसको घोषणापत्रमा ‘निरन्तरतामा नवीनता’ राखेको उल्लेख गरे।
उनले ७० वर्षको अवधिमा कांग्रेसले मुलुकको नेतृत्व गरेर बदलिँदो समाज अनुसार निरन्तरतामा नविनता, संविधान रक्षा, स्थिरता र समुन्नतिको आधार, नेपाली कांग्रेसको सरकार भन्ने मूल नारा समेटिएको बताए ।
उनले घोषणापत्रमा विषयविज्ञ र नेपाली समाजका विभिन्न विज्ञ र अपांगता भएका व्यक्तिहरुसमेत घोषणापत्र लेख्ने टिममा बसेर काम गरेको बताए। घोषणापत्र निर्माणमा २१/२२ वर्षका युवाहरुकोसमेत सहभागिता रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।