काठमाडौं– अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आयरल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द भएको छ।
मेलवनस्थित रंशगालामा लगातार पानी परेपछि टस नै नभइ खेल रद्द भएको हो।
सुपर १२ अन्तर्गत समूह ‘१’ मा रहेका यी दुई टोलीको खेल रद्द भएपछि दुवैले एक–एक अंक पाएका छन्।
तीन खेलबाट ३ अंक जोडेको आयरल्याण्ड समूह ‘१’को दोस्रो स्थानमा चढेको छ भने समान अंक रहेको न्युजिल्याण्ड नेट रनरेटका आधारमा पहिलो स्थानमा छ।
शुक्रबारको खेल रद्द भएपछि १ अंक पाएको अफगानिस्तानको ३ खेलबाट २ अंक भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।