काठमाडौं- अष्ट्रेलियामा जारी आइसीसी टी-२० विश्वकप क्रिकेटमा जिम्बावेले पाकिस्तानलाई १३१ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिलो ब्याटिङ रोजेको जिम्बेवाले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १३० रन जोडेको छ। जिम्बावेका लागि सिन विलियम्सले सर्वाधिक ३१ रन बनाए।
विलियम्स बाहेक जिम्बावेका कुनै पनि खेलाडीले उल्लेख्य रन जोड्न सकेनन्।
जिम्बावेलाई १३० रनमा समेट्ने क्रममा पाकिस्तानका मोहम्मद वासिमले ४ र शादव खानले ३ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।