काठमाडौं– अष्ट्रेलियामा जारी टी–२० क्रिकेट विश्वकपको पुपर १२ को दक्षिण अफ्रिका र जिम्बावेबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
दक्षिण अफ्रिका जित नजिक पुगेको अवस्थामा भारी वर्षा भएको थियो।। यसले गर्दा खेल रद्द भयो। र, नियमअनुसार दुवैले एक–एक अंक बाँडेका छन्।
सुरुमै वर्षा भएर खेल निर्धारित समय हुन सकेन। त्यसपछि खेल ९ ओभरमा घटाइएको थियो।
जिम्बावेले दक्षिण अफ्रिकासामु ८० रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिकाले ३ ओभरमा विनाविकेटको क्षतिमा ५१ रन बनाउँदा पुन पानी पर्न थाल्यो। खेल फेरि रोकिएनमात्रै रद्द नै भयो। यसले जितउन्मुख रहेको दक्षिण अफ्रिाकालाई घाटा भयो।
समूह २ मा सोमबार नै नेदरल्याण्ड्सलाई हराएको बंगलादेश शीर्ष स्थानमा छ। भारत दोस्रोमा रहँदा अंक बाँडेका दक्षिण अफ्रिका र जिम्बावे तेस्रो स्थानमा छन्।
अंकविहीन रहेका पाकिस्तान र नेदरल्याण्ड्स अन्तिममा छन्। नेट रनरेटले पाकिस्तान अगाडि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।