काठमाडौं– नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि अदालत लैजाने तयारी गरिएको छ।
आइतबार उनलाई म्याद थिका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको हो। नाबालिकामाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा लामिछाने २० गते पक्राउ परेका थिए।
गत भदौ ५ गते १७ वर्षीषा नाबालिकाले आफूमाथि होटलमा लगेर जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी दिइकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।