काठमाडौं – आफ्नो गृह जिल्ला चितवन छोडेर चुनाव लड्न गोरखा पुगेका पुष्पकमल दाहाल प्रचण्डले त्यहाँको विकासका लागि १७ वटा ‘गेम चेन्जर’ योजना ल्याएको दाबी गरेका छन्।
शनिबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले १३ वटा नियमित योजनासमेत सार्वजनिक गरेका छन्।
गोरखाको विकास गर्ने उद्देश्यले आफू त्यहाँ गएको बताउँदै प्रचण्डले पालुङटार विमानस्थल पनः सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले चुम भ्याली र नुब्रीलाई हिमाली शहर बनाइने, बुढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयन सुरु गरिने, रुइला नाका सडक खण्ड निर्माण कार्य पूरा गरिनेलगायतका प्रतिबद्धता व्यक्त गरेका छन्।
विगतदेखि सुरु भइ निरन्तर अघि बढिरहेका ठूला तथा साना विभिन्न आयोजनाहरूलाई प्रभावकारी ढंगले निरन्तरता दिनेलगायत विषयलाई भने प्रचण्डले नियमित योजनामा राखेका छन्।
नेपाल राज्यको स्थापनामा गोरखा जिल्लाको विशिष्ट योगदान रहेको भन्दै प्रचण्डले प्रशंसासमेत गरेका छन्।
साथै, उनले जनयुद्धको सुरुवात पनि गोरखाबाट भएको स्मरण गरेका छन्।
गत निर्वाचनमा चितवनबाट चुनाव जितेका प्रचण्ड योपटक गोरखा २ बाट लड्दैछन्।
यसअघि, उनी ०६४ को संविधानसभामा काठमाडौं १० बाट तथा ०७४ मा सिरहाबाट निर्वाचित भएका थिए।
यस्तो छ प्रचण्डको प्रतिबद्धता (पूर्णपाठ) :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।