काठमाडौं– नेप्से परिसूचक निरन्तर तेस्रो दिन पनि ओरालो लागेको छ।
साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से बुधबार नेप्से परिसूचक १२.८१ अंक घटेर १८४५.५१ विन्दुमा झरेको छ। 
त्यसैगरी, सेन्सेटिभ इन्डेक्स २.६६ अंक, फ्लोट इन्डेक्स ०.६५ अंक र सेन्सेटिभ इन्डेक्स ०.९३ अंकले घटेको छ।
बुधबार कारोबारमा आएका २१६ कम्पनीको २१ लाख ५१ हजार कित्ता सेयर ६४ करोड ३६ लाख ७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक १.५६ प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ०.१८ प्रतिशत बढेको छ। यता वित्त उपसमूहको परिसूचक २.५४ प्रतिशत घटेको छ।
बुधबार ३ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अभियान लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर र सिटिजन्स म्युचुअल फण्ड २ को सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 
त्यस्तै, अपर हेवाखोलाको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। पिपुल्स पावरको सेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ। बुधबार सोल्टी होटलको सेयर कारोबार ३ करोड ७२ लाख १२ हजार रुपैयाँ बराबरको भएको छ। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।