काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे बुधबार सुनुवाइ हुने भएको छ।
दुई न्यायाधीशको इजलासमा पेसी तोकिने सर्वोच्च प्रशासनले जनाएको छ। उक्त इजलासले अन्तरिम आदेश निरन्तरता हुने आदेश गरे उनी रुपन्देही–२ मा उम्मेदवार हुने पाउने छन्।
नत्र उनको उम्मेदवारी खारेज सदर हुने छ। यसअघि दुवै पक्षलाई कात्तिक २ गते छलफलमा बोलाएर अल्पकालीन आदेश जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।