काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेको जिल्लाको नमुना मतपत्र सार्वजनिक भएको छ।
मंगलबार निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने प्रधानमन्त्री देउवाको जिल्ला डडेल्धुराको नमुना मतपत्र मंगलबार सार्वजनिक गरेको हो।
डडेल्धुरा क्षेत्र नम्बर को १ को प्रतिनिधिसभा र प्रदेशसभा क र खका लागि तयार पारिएको नमुना मतपत्र सार्वजनिक भएको हो। देउवा उक्त क्षेत्रबाट पटक–पटक निर्वाचित हुँदै आएका छन्। र, यो पटक पनि उनी नेपाली कांग्रेसका उम्मेदवार छन्।
डडेल्धुरा १ मा देउवाका प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेस (बीपी)का तर्फबाट कर्ण मल्ल र स्वतन्त्रबाट सागर ढकालले उम्मेदवारी दिएका छन्।
हेरौं मतपत्रका नमुना :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।