पोखरा– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटका खेलहरु चलिरहेका छन्। महिला क्रिकेटमा आइतबारको बागमती प्रदेश र मधेश प्रदेशबीचको खेल जारी छ।
खेल सुरु हुनुअघि शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा उनको सम्झनामा खेलअघि खेलाडी तथा अफिसियलले एक मिनेट मौनधारण गरेका हुन्। साथै, बागमती प्रदेशका खेलाडीहरुले कालोपट्टी बाँधेर खेलिरहेका छन्।
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार निधन भएको हो। ललितपुरको ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान निधन भएको हो।
बागमती र मधेशबीच विजेता हुने टिम सेमिफाइनलमा प्रवेश गर्नेछ। महिला क्रिकेटमा आइतबार भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। पराजित भएको सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।