पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको एपिएफ क्लबविरुद्धको खेलमा गण्डकी २६ रनमा रोकिएको छ।
पोखरा रंगशालामा बिहीबार टस जितेर पहिला ब्याटिङ थालेको गण्डकी १८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र २६ रन बनायो।
गण्डकीकी कप्तान सृष्टी जैशीले १४ बलमा १ चौकासहित सर्वाधिक ५ रन बनाइन्। ओपनर बिन्दु मगर १७ बलमा ३ रन जोडिन्।
एपिएफका लागि इन्दु बर्माले २ विकेट लिइन्। उनले ३ ओभरमा १ मेडनसहित ४ रन खर्चेर २ विकेट लिइन्। सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगर १/१ विकेट लिए।
नवौं खेलकुद अन्तर्गत महिला क्रिकेटमा बिहीबारको दोस्रो खेलमा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।