काठमाडौं– पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा १९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ सय ३२ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार ५९१ जनाको पीसीआर परीक्षण गर्दा १७ र ७४१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टाकै अवधिमा कोरोनाबाट कसैको पनि मृत्यु पुष्टि भएको छैन। सोही अवधिमा देशभर ९६ जना कोरोना संक्रुमणबाट निको भएको मन्त्रालयले जनाएको छ।
शनिबारको विवरण जारी गर्दै मन्त्रालयले हाल देशभर सक्रिय संक्रमितको संख्या ९२५ रहेको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।