काठमाडौं- पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन्।
देशभर गरिएको १ हजार २३४ पीसीआर र २ हजार ८९२ जनाको एन्टीजेन परीक्षणका क्रममा ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ११६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ८६ हजार २३५ पुगेको छ।
उक्त अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कुल मृतकको संख्या १२ हजार १७ पुगेको मन्त्रालयले जनाएको छ। देशभर हाल १ हजार २८३ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।