काठमाडौं- अस्ट्रेलियन पूर्वक्रिकेटर ब्रेट ली नेपाल आएका छन्। नेपाल टी-२० लिगको मेन्टरमा नियुक्त भएपछि काठमाडौं आएका ब्रेट लीले नेपालमा क्रिकेटको निकै प्यासन रहेको बताएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम गर्दै उनलाई सार्वजनिक गरेको छ। उक्त सार्वजनिक कार्यक्रममा बोल्दै ब्रेट लीले नेपालमा क्रिकेटको प्यासन अत्यधिक देखिएको बताएका छन्।
उनले भने, ‘नेपालमा क्रिकेटको प्यासन निकै छ। यो अझ माथि गएको देख्न चाहन्छु। युवा क्रिकेटहरु आइरहेका छन्।’
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल र नेपाल टी-२० लिगको कमर्सियल एण्ड स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्टसका जतिन अहलुवालियाले ब्रेट लीलाई मेन्टरको रुपमा प्रस्तुत गरेका थिए।
नेपाल टी-२० लिग असोज ८ गतेबाट सुरु हुँदैछ। प्रतियोगितामा फारवेस्ट युनाइटेड, कान्तिपुर क्यापिटल, जनकपुर रोयल्स, लुम्बिनी अलस्टार, बिराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्।
तस्बिर : नेपाल क्रिकेट संघ (क्यान)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।