काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बिहीबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै कप्तान लामिछानेविरुद्ध जबर्जस्ती करणी कसुरको गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीमा उजुरी परेको जनाउँदै संघको कार्य सम्पादन समितिको निर्णय अनुसार राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको जनाएका छन्।
लामिछानेविरुद्ध एक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी महानगरीय प्रहरी काठमाडौंको गौशाला वृत्तमा दायर भएपछि काठमाडौं जिल्ला अदालतबाट उनलाई पक्राउ गर्न पूर्जी समेत जारी भइसकेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।