काठमाडौं– नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले अनुमति दिएलगत्तै प्रहरीले उनलाई पक्राउ गर्ने पूर्जी जारी गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।
पक्राउ पूर्जी जारी भएकाले उनीलाई नेपाल आएलगत्तै पक्राउ गर्ने प्रहरीले जनाएको छ। सन्दीप हाल क्वारेवियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा रहेका छन्।
प्रहरीले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसूरमा सन्दीप लामिछानेमाथि थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति दिएसँगै पक्राउ पूर्जी जारी भएको छ,’ प्रहरीको सूचनामा भनिएको छ। उनले एक १७ वर्षीया युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा जाहेरी दर्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।