काठमाडौं– नेपाल क्रिकेट टिमका क्याप्टेन सन्दिप लामिछानेको बारेमा नेपाल क्रिकेट संघले औपचारिक रुपमा प्रतिक्रिया दिएको छ। पत्रकार सम्मेलन गर्दै क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले यस घटनाका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले समेत चासो दिएको र उसलाई पनि घटनाका बारेमा जानकारी दिइएको बताए।
‘आईसीसीका उच्च व्यक्तिले चासो राखेर सोधेका थिए। मैले घटनाको बारेमा व्रिफिङ गरेको छु’ उनले भने ‘अब के हुन्छ भनि राखेको चासोमा नेपाल कानुन अनुसार हुन्छ भनेको छु।’ उनले प्रहरीमा जाहेरी परेको र अनुसन्धान भइरहेको जानकारी गराएको बताए।
उनले आफूले सन्दिपसँग कुरा गरेको र उनले आफू निर्दोष रहेको बताएको उनले बताए। उनले क्यानसँग सहयोग पनि मागेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।