फाइल तस्बिर।
काठमाडौं– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बिहीबारदेखि पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ।
प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछन्। जसमा दुई खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान र दुई खेल मुलपानी मैदानमा हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
टीयू मैदानमा हुने उद्घाटन खेलमा एनआरएनए टिम र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान ९:१५ बजे सुरु हुनेछ। टीयूमै हुने दोस्रो खेलमा बागमती प्रदेश र प्रदेश १ बीच खेल हुनेछ।
यस्तै, मुलपानी मैदानमा हुने पहिलो खेलमा मधेस प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ। मुलपानी मैदानमा हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश खेल्नेछन्।
प्रतियोगितामा तीन विभागीय, सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ। सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ। तर, पुरुष क्रिकेट भने बिहीबारदेखि नै हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।