फाइल तस्बिर
काठमाडौं– नेपाल र केन्याबीको तेस्रो एकदिवसीय क्रिकेट खेल आज (सोमबार) हुँदैछ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ।
केन्या भ्रमणमा रहेको नेपाल आज घरेलु टोलीविरुद्ध जित निकाल्दै सिरिज क्लिन स्वीप गर्ने योजनामा छ। तीन खेलको सिरिजमा नेपाल २-० ले अघि रहेको छ।
यस अघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३-० ले आफ्नो बनाउन चाहन्छ।
पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो। यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो।
यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा सान्त्वना जित हात पार्न चाहन्छ।
यस अघि नेपालले केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३-२ ले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।