काठमाडौं- एशिया कपको सुपर ४ मा पुगेमा भारत र पाकिस्तान फेरि एकपटक आमने सामने हुँदैछन्। शुक्रबार पाकिस्तानले हङकङलाई पराजित गर्ने बित्तिकै दुई टिमको प्रतिष्पर्धा तय भइसकेको थियो।
चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानको खेल एउटा खेल मात्रै नभएर राष्ट्रिय भावनासँग समेत जोडिने भएकाले अन्य भन्दा विशेष प्रतिष्पर्धा रहन्छ।
एक हप्ताअघि अर्थात् गत आइतबार एशिया कपकै समूह चरणमा पाकिस्तानलाई भारतले पराजित गरेको थियो। त्यसपछि हङकङसँग जितेर फेरि पाकिस्तान सुपर ४ मा आइपुग्यो।
हङकङसँग पाकिस्तानी टिमका मोहम्मदल रिजावन र फखर जमानको अर्धशतकीय पारीले १९३ रनसम्म पुग्यो। रिजवालनले अविजित ७८ रनको पारी खेलेका थिए भने जमानले उनलाई साथ दिए।
बलर मोहम्मद नवाज र शादाब खानले उत्कृष्ट प्रदर्शन गर्दै हङकङलाई ३८ रनमै समेटिदिएका थिए। भारतसँग हङकङले हारे पनि खेल भने प्रतिष्पर्धात्मक नै बनाएको थियो।
हङकङलाई १५५ रनले हराएको पाकिस्तान भारतसँग उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ। २०१२-०१३ बाट दुई टिमबीच कुनै आपसी सिरिज भएको छैन। तर आईसीसीका प्रतियोगितामा भने दुई टिमबीच प्रतिष्पर्धा भइरहेको छ।
टी-२० वर्ल्डकपअघि एशिया कप घोषणा भएपछि दुई टिमबीच अधिकतम तीन खेल हुने अनुमान गरिएको थियो। यो खेलपछि पनि फेरि फाइनलमा दुई टिमबीच भिडन्त हुने सम्भावना कायमै छ। ग्रुप 'ए'मा भारत र पाकिस्तान शीर्ष टिममा छन् भने ग्रुप 'बी'बाट श्रीलंका र अफगानिस्तानले सुपर ४ मा स्थान बनाएका छन्। दुबुई इन्टरनेशनल स्टेडियममा नेपाली समयअनुसार ७:४५ बजेदेखि खेल सुरु हुनेछ।
यस्तो छ दुवै टिमको सम्भावित ११
भारत- रोहित शर्मा (कप्तान), केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, दिनेश कार्तिक, हार्दिक पान्ड्या, अक्षर पटेल, भुवनेश्वर कुमार, आर. अश्विन, अर्शदीप सिंह र युजवेन्द्र चहल।
पाकिस्तान- बाबर आजम (कप्तान), मोहम्मद रिजवान, फखर जमान, इफ्तिखार अहमद, खुशदिल शाह, शादाब खान, आसिफ अली, मोहम्मद नवाज, हसन अली, हारिस रउफ र नसीम शाह।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।