काठमाडौं– घरेलु टोली केन्याविरुद्धको दोस्रो एकदिवसीयमा नेपालले सुरुआतमा ब्याटिङ गर्दै २ विकेट गुमाएको छ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ। नेपालले ब्याटिङ रोजेपछि केन्याले सुरुआतमा फिल्डिङ गरेको छ। नेपालले १७ ओभरमा एक विकेट गुमाएर ७५ रन बनाएको छ। अहिले क्रिजमा देव खनाल र कप्तान रोहित पौडेल क्रिजमा रहेका छन्।
पहिलो विकेटको रुपमा अर्जुन साउदलाई गुमाएको नेपालले दोस्रो विकटको रुपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको छ। केन्याविरुद्धको दोस्रो खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको थियो।
पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई आराम दिदै उनको स्थानमा देवलाई मौका दिइएको थियो। नेपाल दोस्रो जित निकाल्दै एकदिवसीय सिरिज एक खेल अगाबै जित्ने योजनामा रहेको छ। पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो।
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो। केन्या भने नेपाललाई हराएर एकदिवसीय सिरिजमा बराबरी गर्न चाहन्छ। नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल भने सोमबार हुने छ।
नेपालको प्लेईङ–११मा अर्जुन साउद,देव खनाल,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी,पवन सरार्फ,मोहम्मद आदिल आलम,करण केसी,सोमपाल कामी,वसिर अहमद र साहब आलम रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।