काठमाडौं– नेपाललाई केन्याले पहिलो एक दिवसीय खेलका लागि २१९ रनको लक्ष्य दिएको छ। शुक्रबार भएको ५० ओभरको खेलमा केन्याले जितका लागि नेपाललाई यो लक्ष्य दिएको हो।
केन्यालाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिए। आदिल आलम र पवन सर्राफले समान १/१ विकेट लिए। केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय इनिङ खेले। पटेलले ६७ तथा ओबुयाले ६२ रन बनाए। ईफ्रान करिमले ३१ तथा सचिन बुदियाले २७ रन बनाए।
केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाएर २१८ रन बनाएको हो। केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ।
केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको थियो। केन्याविरुद्ध मैदान उत्रदा नेपाल एक दिवसीय सिरिजमा सुखद् सुरुआतको योजनामा नेपाल रहेको छ। नेपाल एकदिवसीय सिरिज जित्न चाहेको छ।
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३-२ ले जितेको थियो। एक दिवसीयमा सबै खेल जितेर फर्कने लक्ष्यका साथ नेपाल मैदानमा उत्रेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।