काठमाडौं– नेपालले पाँचौं तथा निर्णायक टी–२० आई खेलमा केन्यालाई १७६ रनको लक्ष्य दिएको छ।
नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको हो।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ४४ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रन बनाए। उनको टी–२० आईमा करिअरको दोस्रो अर्धशतक हो। उनी आजको खेलमा पवन सरार्फको स्थानमा ओपनिङमा उत्रिएका थिए।
यता, मध्यक्रमका रोहितकुमार पौडेलले २५ बलमा ७ चौकासहित ४७ रन बनाए। यस्तै, ओपनर अर्जुन साउदले २१ बलमा ४ चौका र १ छक्कासहित २९ रन बनाए। तेस्रो नम्बरमा ब्याटिङमा उत्रिएका दीपेन्द्रसिंह ऐरीले १८ बलमा ३ चौकासहित २२ रन बनाए।
विकेक यादवले २ रन बनाए। यस्तै, यसअघि ओपनिङमा उत्रिँदै आएका पवनले भने १ रन मात्रै जोड्न सकेन। आदिल अन्सारीले ४ रन जोड्दा करण केसी २ रनमा अविजित रहे।
केन्याका लागि विराज पटेल, शेम न्गोचे र नेहेम्याह ओधियाम्बोले २/२ विकेट लिए। यता, लुकास ओलुओचले १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।