काठमाडौं– ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छन्।
मंगलबार नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशनको उद्घाटन मन्त्री भुसालले यस्तो बताएकी हुन्।
मन्त्री भुसालले देशले विद्युत्को क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको दाबी गरिन्। उनले मुलुकभित्रकै जलस्रोतबाट विद्युत् उत्पादन गरेर आफैंले प्रयोग गर्नु महत्त्वपूर्ण काम भएको बताइन्।
मन्त्री भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिब ३ खर्बको डिजेल र पट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत् खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको दाबी गरिन्।
उनले पछिल्लो एक वर्षमा विद्युत् खपत २२ प्रतिशतले बढे पनि विद्युतीय यातायातको विकास सोचेजस्तो नभएको उल्लेख गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।