काठमाडौं– भ्रमणकारी नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी-२० आईमा प्रतिस्पर्धा गर्दैछ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्न लागेको हो। यी दुई बीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
पाँच खेलको सिरिजअन्तर्गत ४ खेल सकिँदा सिरिज २-२ को बराबरीको अवस्थामा रहेको छ। आजको खेल जित्नेले सिरिज जित्नेछ।
पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै नेपाललाई १८ रनले हराएको थियो। यस्तै, तेस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो।
सोमबार भएको चौथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएको थियो।
टी-२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ।
पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।