काठमाडौं– चौँथो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आज (सोमबार) केन्यासँग खेल्दैछ।
केन्या भ्रमणमा रहेको नेपाली टोलीले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा घरेलु टोलीसँग नेपाली समय अनुसार अपराह्न ३:४५ बजे खेल खेल्नेछ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल एक खेल अगावै सिरिज कब्जा गर्ने योजनामा हुनेछ। यस खेल जितेमा नेपालले एक खेल अगावै सिरिजमाथि जित हात पार्नेछ।
पाँच खेलको टी-ट्वान्टी सिरिजमा नेपाल २-१ ले अघि छ। आइतबार भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको हो।
त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। दोस्रो खेलमा भने नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो। नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-ट्वान्टी मंगलबार हुनेछ ।
टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।