काठमाडौं– एसिया कप २०२२ क्रिकेटमा पाकिस्तानले भारतलाई जितका लागि १४८ रनको विजयी लक्ष्य दिएको छ।
दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १४७ रन बनायो।
पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए। उनले ४२ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
यतमफ इफ्तिखर अहमेदले २२ बलमा २ चौका र १ छक्कासहित २८ रन जोडे। यता, शाहानवाज दाहानीले १६ रन बनाए।
कप्तान बाबर आजम, फखर जमान र शादब खान समान १० रन बनाएर आउट भए। हरिस राउफ १३ रन बनाए अविजित रहे।
भारतका भुवनेश्वर कुमारले ४ ओभरमा २६ रन खर्चिएर ४ विकेट लिए। यता, हार्दिक पाण्ड्यले ३ तथा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।