काठमाडौं– नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र सुवास खकुरेल अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा अनसोल्ड भएका छन्।
आइतबार भएको ड्राफ्टमा सन्दीप र सुवास अनसोल्ड भएका हुन्। चार चरणमा भएको ड्राफ्टमार्फत् २४ विदेशी खेलाडी विभिन्न टोलीमा आबद्ध भएका थिए।
सन्दीपले दुई संस्करण मेलवर्न स्टारबाट खेलेका थिए। त्यसपछिका दुई संस्करण होबार्ट हरिकेन्समा आबद्ध रहे। उनले पछिल्लो संस्करण होबार्टमा बिताएका थिए।
सन्दीपले पछिल्ला चार संस्करणका ४३ खेलमा ४८ विकेट लिएका छन्। यता, सुवास भने बीबीएलको ड्राफ्टमा पहिलो पटक परेका हुन्। बीबीएलको आगामी सिजन डिसेम्बरबाट फेब्रुअरीसम्म आयोजना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।