काठमाडौं– घरेलु टोली इङ्ग्ल्यान्डले दोस्रो टेस्टमा भ्रमणकारी दक्षिण अफ्रिकालाई पराजित गरेको छ।
शनिबार इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकालाई एक इनिङ्स ८५ रनले पराजित गरेको हो। जितसँगै घरेलु टोलीले ३ खेलको टेस्ट सिरिजमा १-१ को बराबरी गरेको छ।
पहिलो इनिङ्समा घरेलु टोलीले २६४ रनको अग्रता बनाएको थियो । २६४ रनले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा १७९ रन जोड्दा सम्पूर्ण विकेट गुमायो।
उसका लागि किगेन पिटिरसेनले सर्वाधिक ४२ रनको योगदान दिए। उनले १५९ बलमा १ चौका प्रहार गरे।
यता, राशी भान डा डुसनले १३२ बलमा ५ चौकासहित ४१ रन बनाए। सरिल इर्विलले २५ रन बनाउँदा काइली भिरयानीले १७ बनाए। सिमोन हार्मिरले १६ र कप्तान डिन इल्गरले ११ रन बनाए।
इङ्ग्ल्यान्डका ओली रविन्सनले सर्वाधिक ४ विकेट लिए। यता, जेम्स एन्डरसनले ३, कप्तान बेन स्टोकले २ र स्टुअर्ड बोर्डले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो इनिङ्स अलआउट हुनुअघि १५१ रन बनाएको थियो।
दक्षिण अफ्रिकाका कागिसो रबडाले सर्वाधिक ३६ रन बनाए। उनले ७२ बलमा २ चौका प्रहार गरे।
यता, किगिर पिटिरसेन र काइली भिरयानीले २१/२१ रन बनाए।
इङ्ग्ल्यान्डका लागि जेम्स एन्डरसन र स्टुअर्ड बोर्डले ३/३ विकेट लिए। यता, कप्तान बेन स्टोकले २ विकेट लिए।
पहिलो इनिङ्समा इङ्ग्ल्यान्डले ९ विकेट गुमाएर ४१५ रन बनाउँदै इनिङ्स समाप्तीको घोषणा गरेको थियो। उसका लागि बेन स्टोक र बेन्जामिन थोमसले शतकीय इनिङ्स खेलेका थिए।
दुई टोलीबीचको तेस्रो तथा निर्णायक टेस्ट ८ सेप्टेम्बरबाट सुरू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।