काठमाडौं– घरेलु टोली केन्याले दोस्रो टी–२० आई खेलमा नेपाललसामु १३३ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रनको जोडेको हो। केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन जोडेका थिए। उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
यता, निहिमी अडिहिम्बोले २० बलमा ४ चौका र १ छक्कासहित २९ रनको योगदान दिए। इरफान करिमले ३३ बलमा २ चौकासहित २२ रन बनाए। सचिन भुदियाले १४ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा १६ रन दिँदै ३ विकेट लिए। कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए।
करण केसीले २ र पवन सरार्फले १ विकेट लिए। ५ टी–२० आईको सिरिजमा नेपाल १–० ले अगाडि रहेको छ। नेपालले बिहीबार सम्पन्न पहिलो खेलमा केन्यालाई ५ विकेटले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।