काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले २०४८ सालमा आफू चुनावी प्रचार–प्रसारमा हिँड्दै गर्दा भोगेका पीडा सम्झिएर तिनाउ नदीमा पुल निर्माणका लागि पहल गरेको बताएका छन्।
शुद्धोधन गाउँपालिका–४ वेतहीमा पश्चिम पाहुनी-वेतही-फर्साटिकर सडकखण्ड अन्तर्गत तिनाउ नदीमा निर्माण हुन लागेको पुलको शिलान्यास गर्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन्।
उनले घना बस्ती रहेको गाउँ र सहरलाई सहज तरिकाले जोड्न पुल निर्माण गर्न लागिएको बताए। पुलले सहर र गाउँको बस्ती जोड्ने मात्रै नभइ विकासले पनि फड्को मार्ने दाबी गरे।
पुल निर्माणका लागि पाँच वर्ष पहिल्यै बजेट परेता पनि काममा ढिलाइ भएको थियो। अब पुलको निर्माण समयमै सम्पन्न गर्न सरकारी तहबाट आफूले सक्दो पहल गर्ने गृहमन्त्री खाणले बताए।
खाणले सरकारले बनाएको नीतिअनुसार समयमै पुल सम्पन्न भए पुल निर्माण गर्ने कम्पनी र ठेकेदारलाई सम्मान गरिने घोषणा पनि गरे। ठेक्का सम्झौता अनुसार तीन वर्षभित्र पुल निर्माणको काम सम्पन्न गरिसक्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।