काठमाडौं– नेपालले दोस्रो टी–२० आईमा केन्याविरुद्ध पहिला बलिङ रोजेको छ। नैरोबीस्थित जिमखाना क्लब ग्राउन्डमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन्।
नेपाली टोलीमा आज १ खेलाडी परिवर्तन भएका छन्। मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्याविरुद्धको दोस्रो खेलमा विवेक यादवको स्थानमा बसिर अहमदलाई मौका दिएका छन्।
बिहीबार भएको खेलमा नेपालले केन्यामाथि ५ विकेटको सहज जित हात पारेको थियो। ५ खेलको सिरिजमा नेपाल १–० ले अघि रहेको छ।
नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ। यस्तै केन्या भने जित निकाल्दै सिरिज १–१ को बराबरी गर्ने लक्ष्यको साथ मैदान उत्रिने छ।
नेपालको प्लेइङ–११:
आसिफ शेख (विकेट किपर),पवन सर्राफ, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम, बसिर अहमद, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने(कप्तान)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।