काठमाडौं– अस्ट्रेलियामा आयोजना हुने बिग बास लिग (बीबीएल)का लागि विदेशी खेलाडीको ड्राफ्टमा नेपाली क्रिकेटर सुवास खकुरेल पनि परेका छन्।
आयोजक बीबीएलले सोमबार सार्वजनिक गरेको लिस्टमा उनको देश क्यानडा राखिएको छ। खकुरेलसँगै क्यानडाबाट दुई खेलाडीलाई बीबीएल ड्राफ्टमा राखिएको छ।
नेपालको राष्ट्रिय टिमबाट खेल्दै आएका खकुरेलले आफू क्यानेडाली नागरिक नभएको बताएका छन्।
‘नेपालको तर्फबाटै नाम दर्ता गराएको थिएँ। तर, गल्तीका कारण देशमा क्यानडा उल्लेख हुनु पुगेको रहेछ। क्रिकेट संघको छोटकरी नाम क्यान हुन्छ। क्यानडाको नि छोटकरी रुपमा लेख्दा क्यान हुन्छ। नेपालको क्यानलाई क्यानडाको क्यान बुझेकोले त्यसो भएको हो,’ सुवासले नेपाल लाइभसँग भने।
बीबीएलको १२औं संस्करण डिसेम्बर १३ मा सुरु हुँदैछ। ड्राफ्ट यही अगष्ट २८ मा हुनेछ। नेपालका कप्तान सन्दीप लामिछानेको नाम पनि ड्राफ्टमा समावेश छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।