फाइल तस्बिर
काठमाडौं– टी-२० र एकदिवसीय क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज (सोमबार) केन्या जाँदैछ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली आज अपराह्न ४ बजे केन्या प्रस्थान गर्ने जनाएको छ।
त्यसअघि क्यानले नेपाली टोलीलाई बिदाइको कार्यक्रम राखेको छ । नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।
दुवै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।
राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् ।
सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।