काठमाडौं– अस्ट्रेलियन ओपनर ब्याटर डेभिड वार्नर २०१३ पछि पहिलो पटक घरेलु क्रिकेट बिग बास लिग (बीबीएल)मा फर्किने पक्का भएको छ।
सिड्नी थन्डरले वार्नरलाई दुई वर्षको लागि अनुबन्ध गरेको हो। वार्नरले आफ्नो तीन वर्षको बीबीएल करिअरमा दुई वर्ष सिड्नी थन्डरमा बिताएका थिए। वार्नरले सिड्नी थन्डरका लागि तीन खेल खेल्दै १८०.९५ को स्ट्राइक रेटमा १५२ रन बनाएका छन्। यसमा अविजित १०२ रन पनि समावेश छ। उनले ७ छक्का प्रहार गरेका थिए।
‘मेरा छोरीहरूले मलाई घर र बीबीएलमा खेलेको देखुन्। परिवारको रूपमा बीबीएलको एक हिस्सा हुन पाउनु मेरो लागि गर्वको विषय हुने छ,’ घरेलु लिगमा फर्किएपछि वार्नरले भने।
बिग बास लिगको १२औं सिजन डिसेम्बर १३ बाट सुरु हुँदैछ। यसको फाइनल खेल फेब्रुअरी ४ मा हुनेछ। वार्नरबाहेक ट्राभिस हेड एडिलेड स्ट्राइकर्सबाट र मार्नस लाबुसचेन ब्रिस्बेन हिटबाट खेल्नेछन्। अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र मिचेल स्टार्कले कामको बोझ र फिटनेसका कारण लिगमा सहभागी नहुने निर्णय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।