काठमाडौं– एसिया कप छनोटको पहिलो खेलमा हङकङले सिंगापुरलाई पराजित गरेको छ।
शनिबार राति सम्पन्न खेलमा हङकङले सिंगापुरलाई ८ रनले हराएको छ।
हङकङले दिएको १४९ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर मात्र १४० रन मात्र बनायो।
सिंगापुरका जनक प्रकाशले सर्वाधिक ३१ रन बनाए। उनले ३२ बलमा ४ चौका प्रहार गरे।
यता, अरित्रा दत्तले १६ बलमा ३ चौका र २ छक्कासहित २९ रनको योगदान दिए।
अवि दीक्षितले १९, रज्जा गजनवी १७, मनप्रित सिंहले १५ र सुरेन्द्रन चन्द्रमोहनले १२ रन बनाए। हङकङका इशान खानले सर्वाधिक ३ विकेट लिए।
त्यसअघि ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको हङकङले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४८ रन बनाएको थियो।
हङकङका किञ्चित शाहले सर्वाधिक ३४ रन बनाए। उनले ३२ बलमा २ छक्का प्रहार गरे।
हारुन अर्शदले अविजित रहँदै १४ बलमा ३ चौकासहित २७ रन जोडे।
यासिम मुर्तजाले २६ रन, जिशान अलीले २० र स्कट म्याकेनीले ११ रनको योगदान दिए। सिंगापुरका अमजद महबुब र अक्षय पुरीले २/२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।