काठमाडाैं- पाहुना टोली भारतले जिम्बाब्वेसँगको एक दिवसीय सिरिज एक खेल अगावै जितेको छ।
शनिबार सम्पन्न दोस्रो खेलमा जिम्बाब्वेलाई ५ विकेटले हराउँदै भारतले एक खेल अगावै सिरिज २–० ले जितेको हो। पहिलो खेलमा भारत १० विकेटले विजयी भएको थियो।
जिम्बाब्वेले दिएको १६२ रनको सामान्य लक्ष्य भारतले २५.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। भारतका जितमा सञ्जु सामसनले अविजित रहँदै सर्वाधिक ४३ रन बनाए। उनले ३९ बलमा ४ छक्का र ३ छक्का प्रहार गरे।
यस्तै, शिखर धवन र शुभमन गिलले ३३–३३ रन बनाए। धवनले २१ बलमा ४ चौका प्रहार गरे। यता, गिलले ३४ बलमा ६ छक्का प्रहार गरे। दीपक हुड्डाले ३६ बलमा ३ चौकासहित २५ रन जोडे। जिम्बाब्वेका लुक जोंग्वेले सर्वाधिक २ विकेट लिए। यता, सिकन्दर राजा, भिक्टर न्याउची र तनाका चिवांगाले १/१ विकेट लिए।
त्यसअघि हरारे स्पोर्ट्स क्लब मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बाब्वेले ३८.१ ओभरमा अलआउट हुँदै १६१ रन बनाएको थियो। जिम्बाब्वेका सेन विलिम्यसले सर्वाधिक ४२ रन बनाए। उनले ४२ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
यस्तै, रायन बर्लले अविजित रहँदै ४७ बलमा ३ चौका र १ छक्कासहित ३९ रन बनाए। सिकन्दर राजा र इनोसेन्ट काइयाले १६–१६ रन बनाए। जिम्बाब्वेका बाँकी ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। भारतका लागि शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए।
यस्तै, दीपक हुड्डा, प्रसिद्ध कृष्णा, अक्षर पटेल, कुलदीप यादव र मोहम्मद सिराजले १/१ विकेट लिए। यी दुई देशबीचको अन्तिम तथा तेस्रो खेल सोमबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।