• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

रेडियोमा ‘कमेन्ट्री’ सुनेर क्रिकेटर बन्ने सपना बुनेका अलराउन्डर शाहबाज

64x64
नेपाल लाइभ शनिबार, भदौ ४, २०७९  १४:४३
1140x725

काठमाडौं– भारतको हरियाणास्थित सबैभन्दा पिछडिएको जिल्लामध्ये एक हो नूह। नूहमा न क्रिकेट एकेडेमी छ न त राम्रो क्रिकेट मैदान नै। त्यहाँ जन्मिएर भारतीय क्रिकेट टोलीमा कोही पुग्ला भनेर कसैले विश्वास नै गर्न सक्दैनन्।

तर,अलराउन्डर शाहबाज अहमद त्यो अपवाद हुन्। नूहस्थित शिक्रावा गाउँका शाहबाज जिम्बाब्वे भ्रमणका लागि भारतीय क्रिकेट टोलीमा समेटिएका छन्। हरियाणाका धेरै खेलाडीले भारतीय टोलीबाट क्रिकेट खेलेका छन्। 

तर, शाहबाज मेवात क्षेत्रबाट भारतीय टोलीमा पर्ने पहिलो खेलाडी हुन्। शाहबाजको क्रिकेटर बन्ने कथा रोचक र संघर्षपूर्ण छ। सानै उमेरमा रेडियोमा जसदेव सिंह र सुशील दोशीको ‘कमेन्ट्री’ सुनेपछि शाहबाज क्रिकेटर बन्ने दृढ संकल्पमा थिए।

No description available.

७३ वर्षीय हजुरबुवा इशाक मोहम्मद कमेन्ट्री सुनेर क्रिकेटर बन्ने सपना देखेका शाहबाज भारतीय टोलीमा स्थान बनाउँदा दंग छन्। ‘नाती भारतीय क्रिकेट टोलीमा छनोट भयो भनेर सुन्दा मलाई विश्वास नै लागेको छैन,’ उनी भन्छन्। 

अनुभवी अलराउन्डर वासिङ्टन सुन्दर घाइते भएपछि शाहबाजले भारतीय टोलीमा स्थान बनाएका हुन्। बिहीबार भएको पहिलो खेलमा उनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने मौका पाउन सकेनन्। शुक्रबार पनि उनलाई कुनै मौका दिइएन। तर, सिरिजका एक खेल अझै बाँकी छ, जसमा उनले खेल्ने अवसर पाउन सक्छन्।

No description available.

शाहबाजका बुबा जान अहमदलाई नूहको सब डिभिजनल मजिस्ट्रेट अदालतमा लेखापढी गर्थे। त्यसपछि पानीपत जिल्लाको हातिनमा उनको  सरूवा भयो। शाहबाजलाई चार वर्षको उमेरदेखि नै क्रिकेट खेल्ने जोश थियो। बुवाले पनि उनलाई साथ दिए। शाहबाजलाई उनले नै घरमा अभ्यास गराउँदै गए। शाहबाज ठूलो हुँदै गएपछि उनले क्रिकेटको लागि एकेडेमी पठाउन थाले। 

nimb
nimb
Ncell 2
Ncell 2

जागिरका कारण बुबा उनीसँगै एकेडेमीसँग आउजाउ गर्न सक्दैनन् थिए। त्यतिबेला परिवारको आर्थिक अवस्था पनि त्यति राम्रो थिएन। १५ वर्षको उमेरमा शाहबाज १३ किलोमिटर एकेडेमीसम्म बसमा एक्लै आउजाउ गर्थे। शाहबाजमा बाल्यकालदेखि नै प्रतिभावान थिए। तर, उनले हरियाणाको टोलीबाट खेल्ने मौका भने पाएनन्। त्यसपछि उनी कोलकाता हाँनिए।

त्यहीँ मेमोरियल क्लबबाट खेल्न थाले। क्लबका प्रशिक्षक सौरसिश लाहिरीले भारतका पूर्वकप्तान तथा बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुली (जब उनी बंगाल क्रिकेट संघका अध्यक्ष थिए)सँग शाहबाजको बारेमा कुरा गरे। गांगुलीले शाहबाजलाई खेलिरहेको देखे, उनीबाट निकै प्रभावित भए। त्यसपछि उनलाई गांगुलीले बंगालको यू–२३ टोलीबाट खेलाउने निर्णय गरे।

No description available.

शाहबाजले यस वर्षको रणजी ट्रफीको सेमिफाइनलमा मध्य प्रदेशविरूद्ध बंगालका लागि खेलेका थिए। सेमिफाइनलमा बंगालको टोली पराजित भए पनि शाहबाजको प्रदर्शन उत्कृष्ट रह्यो। उनले पहिलो इनिङ्समा ३ र दोस्रो इनिङ्समा ५ विकेट लिए। यससँगै ब्याटिङमा पहिलो इनिङ्समा ११६ रन बनाए भने दोस्रो इनिङ्समा नटआउट २२ रन जोडे।

शाहबाज इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर टोलीमा पुगेका थिए। शाहबाजले आईपीएलमा २९ खेल खेलिसकेका छन्। जसमा उनले २७९ रन र १३ विकेट लिएका छन्। यससँगै उनले बंगालका लागि १८ प्रथम श्रेणी खेलमा ४१.६४ को औसतमा १ हजार ४१ रन बनाएका छन् भने ५७ विकेट लिएका छन्।

‘नूह जिल्ला पिछडिएको होला। तर, यहाँका जनतामा प्रतिभाको कमी छैन। उनीहरूलाई राम्रो अवसर चाहिन्छ,’ पूर्वक्रिकेटर नसीम अहमद नगीना भन्छन्। उनका अनुसार सन् १९९४ मा पूर्वभारतीय कप्तान मोहम्मद अजहरूद्दीन नगिना (मेवात) पुगेका थिए। त्यहाँ खेलाडीहरू खेलिरहेको देखेर उनले भनेका थिए, ‘तिमीहरू एकेडेमी गएर क्रिकेट सिक। तिमीहरूसँग राम्रो भविष्य छ।’ अजहरूद्दीनले दिएको आशाको फलस्वरूप आज शाहबाज भारतीय टोलीमा पर्न सफल भएको नसिम बताउँछन्।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १४:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ
कालीमाटीमा कुन तरकारी–फलफूल कति ? हेर्नुहोस् आजको मूल्य
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
सम्बन्धित सामग्री
नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै नेपालले टप एन्ड टी–२० सिरिजमा शनिबार बंगलादेश हाई पर्फर्मेन्स ११ को सामना गर्दैछ। शनिबार, भदौ ६, २०८३
टप एन्ड टी–२० : टप अर्डर नचल्दा एनटी स्ट्राइलाई नेपालले दियो १२३ रनको सामान्य लक्ष्य नेपालको टप अर्डर कोल्याप्स हुँदा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रनमै समेटियो । नेपालका लागि पवन सर्राफले मात्र सर्वाधिक ४१... शुक्रबार, भदौ ५, २०८३
पछिल्ला दुई सिजनमा ३२ लाख डलर बढी घाटा व्यहोरेको बीपीएल यस वर्ष नहुने अघिल्ला संस्करणमा देखिएका म्याच फिक्सिङ र भ्रष्टाचारका आरोपलगायत विभिन्न समस्याका कारण यस वर्ष प्रतियोगिता आयोजना नगर्ने निर्णय गरिए... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ शनिबार, भदौ ६, २०८३
कालीमाटीमा कुन तरकारी–फलफूल कति ? हेर्नुहोस् आजको मूल्य शनिबार, भदौ ६, २०८३
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ शनिबार, भदौ ६, २०८३
लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना, चार जना घाइते शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको हत्याको निष्पक्ष छानबिन गर्न उनेपाको माग शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
देउवा–खड्काको रिटमा सर्वोच्च प्रशासनले भन्यो– ‘सोमबार आउनुस्’ शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्