• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

ठेक्का पाएको ५ वर्षसम्म पनि पूरा भएन सडक, जथाभावी डोजर लगाउँदा बस्ती जोखिममा

आधा काम गरेर पेटी ठेकेदार सम्पर्कविहीन, ६२ प्रतिशत कामको रिपोर्ट बनाएर मुख्य ठेकेदारले लिए ९ करोड
अजय खड्का शुक्रबार, भदौ ३, २०७९  १८:०१
1140x725

गुल्मी– गुल्मीको इस्मा गाउँपालिकामा एक सडकको निर्माण कार्य ठेक्का सम्झौता भएको ५ वर्ष बितिसक्दा पनि पूरा भएको छैन। आधा काम गरेर पेटी ठेकेदार हिँडेपछि उक्त सडक निर्माणको काम अलपत्र परेको छ। 

विगत पाँच वर्षदेखि सुरु गरिएको इस्मा गाउँपालिकाको रातचौर–ताल्तुङ्ग–उजुङ्गडाँडा–हर्पुकोट हुँदै नयाँपोखरा–मैदान–कोटकटेरी सडक ग्राभेल गर्ने कार्य अलपत्र परेको हो।

सडक निर्माणको काम अलपत्र परे पनि मुख्य ठेकेदारले भने ९ करोडभन्दा बढी भुक्तानी लगिसकेको पाइएको छ। उक्त रकम पेटी ठेकेदारले नपाएपछि उनीहरु बीचैमा काम छाडेर हिँडेका छन्। 

No description available.

असारसम्म रातचौर–कोटकटेरी खण्डमा फाटफुट ग्राभेल गर्ने काम भए पनि त्यसयता काम ठप्प छ। पेटी ठेकेदारका रुपमा काम गर्दै आएका प्यूठानका वीरबहादुर थापा मुख्य ठेकेदारले रकम नदिएका कारण काम छाडेर हिँड्नुपरेको बताउँछन्।

रौताहा हरिहरि जेभी काठमाडौं नामक निर्माण कम्पनीका सञ्चालक गुल्मीकै सन्तोष भुसालले उक्त सडकमा ६२ प्रतिशत काम भएको प्राविधिक मूल्यांकन देखाई शिवपुरी सडक डिभिजन कार्यालय कपिलवस्तुबाट ९ करोड ३६ लाख २७९ रुपैयाँ ८८ पैसा रकम भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ।

गुल्मी तम्घासमा रहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख सागर मरासिनिका अनुसार २०७४ साल साउन १९ गते तम्घास सिमलटारी प्यूठान सडक आयोजनाबाट उक्त सडकको १३ किलोमिटर चौडा पार्ने, ढल–नाली बनाउने, ग्राभेल गर्ने कार्यका लागि १३ करोड ५० लााख ९७ हजार १७० रुपैयाँ ९० पैसा लागतमा उक्त निर्माण कम्पनीका सञ्चालक सन्तोष भुसालले ठेक्का पाएका थिए। 

उनले २०७७ साल फागुन २० गते उक्त काम सम्पन्न गरी बुझाउने सम्झौता भएको थियो। त्यतिबेला बुझाउन नसकेपछि दोस्रोपटक म्याद थप भयो। त्यस क्रममा तम्घास–सिमलटारी प्यूठान सडक आयोजना खारेज भयो र शिवपुरी सडक डिभिजन कार्यालय कपिलवस्तुलाई हस्तान्तरण गरियो। २०७८ पुस महिनादेखि उनका अनुसार त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उक्त सडकको पुनः मूल्यांकन गर्न एक टोली आएर फर्किएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सडककै कारण बस्ती जोखिममा 
सडक फराकिलो पार्ने काम सकियो। तर, पर्खाल र व्यवस्थित ढल–नाली नबनाउँदा कैयौं वस्ती उच्च जोखिमा परेका छन्। अहिले उक्त बाटो छेउका बस्तीका लागि जोखिमपूर्ण बनेको छ। पहिरो र भलका कारण उक्त बाटोमा मोटरसाइकलसमेत चल्न सक्दैनन्। 

सडक निर्माणका बेला जथाभावी डोजर चलाएका कारण वडा नम्वर १ तोरीखर्क गाउँका मात्रै झण्डै एक दर्जन घर जोखिममा छन्। सडकबाट आएको पहिरोले कैयौंको आँगन भत्काएको छ भने कैयौंले घर नै छाडेका छन्। ‘बाटो बनेपछि ठूलो पर्खाल लगाएर घरको सुरक्षा गरिदिन्छम् भनेकाले हामीले डोजर लगाउन दियौं। तर पर्खाल थोरै लगाएर ठेकेदार नै भागे। कतिबेला पहिरो पस्छ र बगाउँछ भन्ने त्रासमै रात काट्नुपर्छ’, स्थानीय मैया कुँवरले भनिन्। 

No description available.

इस्मा गाउँपालिका–२ मा वडाध्यक्षका उमेदवार लोकनाथ आचार्यले उक्त सडकमा २३ करोड रकम संघीय सरकारबाट विनियोजित भएकोमा ठेकेदार सन्तोष भुसालले १३ करोडमा ठेक्का पारेको दाबी गरे। उनले वडा नम्बर २ का पनि एक दर्जन बढी घर जोखिममा परेको उनको भनाइ छ। घर मात्रै होइन, सडककै कारण सिँचाइ कुलो पनि अवरुद्ध भएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यता मुख्य ठेकेदार सन्तोष भुसालले भने पेटी ठेकेदार बीरबहादुर थापाले आफूबाट काम गरेकोभन्दा धेरै रकम लिएको दाबी गरेका छन्। असार मसान्तसम्म गरेको कामको रकम पनि सम्बन्धित निकायबाट आफूले भुक्तानी नपाएको उनको गुनासो छ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्