काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२३ देखि २०२७ सम्मका लागि पुरुष क्रिकेटको एफटीपी (फ्युचर टुर प्रोग्राम) सार्वजनिक गरेको छ।
२०२३ देखि २०२७ मा पुरुष टोलीहरूले कूल ७७७ अन्तर्राष्ट्रिय खेलहरू खेल्नेछन्। जसमा १७३ टेस्ट, २८१ एकदिवसीय र ३२३ टी–२० खेल समावेश छन्।
यी सबै खेलहरूमा आईसीसी इभेन्ट, द्विपक्षीय सिरिज र त्रिदेशीय सिरिज पनि हुने छन्। यी चक्रहरू पुरुष क्रिकेटका १२ सदस्य राष्ट्रका लागि हुन्।
अघिल्लो क्रिकेट चक्रको तुलनामा यस पटक ८३ खेल बढाइएको छ। पछिल्लो क्रिकेट चक्रमा कूल खेलको संख्या ६९४ थियो।
यसबाहेक आईसीसीले इन्डियन प्रिमियर लिग (आईपीएल)का लागि साढे दुई महिनाको छुट्टै ‘विन्डो’ दिएको छ। आईपीएलका लागि मार्चको मध्यदेखि मेको अन्त्यसम्मको समयावधि दिइएको छ। यो ‘विन्डो’ मा पाँच वर्षसम्म कुनै पनि अन्तर्राष्ट्रिय खेल हुने छैन।
यसबाहेक दक्षिण अफ्रिकाले २०२६ को टी–२० विश्वकप पछि साढे पाँच महिनामा कुनै पनि क्रिकेट प्रतियोगिता खेल्ने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।