• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

प्रचण्डका घरबेटी अधिकारीको कम्पनीबाट खोसियो तीनपिप्ले-बञ्चरेडाँडा सडक निर्माण ठेक्का

१ करोड ५५ लाख जरिवानासहित तीन वर्ष कालो सूचीमा राख्न सिफारिस
64x64
नेपाल लाइभ मंगलबार, साउन ३१, २०७९  २१:४८
1140x725

काठमाडौं– तीनपिप्ले–बञ्चरेडाँडा सडक खण्डको बाटो निर्माणको ठेक्का पाएको शैलुङ कन्सट्रक्सनकाे ठेक्का रद्द भएको छ। जिल्ला अदालत ललितपुरले यसअघि भएको अन्तरिम आदेशलाई खारेज गर्दै उक्त कम्पनीसँगको सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णयलाई सदर गरेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी शारदा अधिकारीको कम्पनी शैलुङ्ग कन्सट्रक्सनसँगको ठेक्का सडक विभागले यसअघि नै रद्द गरिसकेको थियो। तर, कम्पनीले गत असार ८ गते ठेक्का रद्ध गर्ने सडक विभागको निर्णयविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अदालतले शुरुमा अन्तरिम आदेश जारी गर्दै ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो।

मंगलबार ललितपुर जिल्ला अदालतकी न्यायाधीश सिता शर्मा अधिकारीको एकल इजालसले उक्त अन्तरिम आदेशलाई खारेज गर्दै सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णयको पक्षमा आदेश दिएको छ। सडक विभागले अधिकारीको कम्पनीलाई ३ वर्षसम्म कालो सूचीमा राख्न पनि  सिफारिस गरेको थियाे।

८ वर्षअघि भएको ठेक्कामा सडक विभागले पटक–पटक म्याद थप गर्दा पनि अधिकारीको कम्पनीले काम नगरेपछि गत चैतमा अन्तिम पटक थपिएको म्याद सकिएको थियो। कम्पनीलाई ७ पटकसम्म म्याद थप गर्दा पनि समयमा काम सम्पन्न भएको थिएन। अन्तिमपटक थपिएको म्याद गत चैतमा सकिएपछि सडक विभागले थप म्याद नथप्ने भन्दै गत असार ५ गते ठेक्का तोडेको थियो। तर, अधिकारीको कम्पनी ‘शैलुङ कन्सट्रक्सन’ ले जिल्ला अदालत ललितपुरमा सडक विभागविरुद्ध मुद्दा दायर गरेको थियो।

गत असार १५ गते दायर गरिएको उक्त मुद्दामा जारी अन्तरिम आदेश साेमबार खारेज  भएको हो। यसअघि जारी गरिएको अन्तरिम आदेशलाई खारेज गर्दै अदालतले सडक विभागले कम्पनीसँग गरेको ठेक्का रद्दलाई सदर गरेको हो। अन्तरिम आदेश खारेजीपछि  सडक विभागले कम्पनीसँग गरेको ठेक्का रद्द गरेर नयाँ ठेक्का गर्न खोजेको विषयलाई नै सदर  भएकाे  छ। अदालतले उनकाे पक्षमा आदेश नगरेपछि अधिकारीको कम्पनी ‘शैलुङ कन्सट्रक्सन’ लाई ३ वर्षसम्म कालो सूचीमा राख्नसमेत बाटाे खुलेकाे छ । अदालतकाे आदेशपछि तीनपिप्ले–वञ्चरेडाँडा सडकखण्ड निर्माण योजनाको योजना प्रमुख गौतम कुमार श्रेष्ठले कालाे सूचीमा राख्ने बाटाे खुलेकाे बताए।

शैलुङको बैगुन: ८ वर्षमा ५० प्रतिशत काम मात्रै, ७ पटक म्याद थप

हाल काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनको विषयमा सिसडोल तथा वञ्चरेडाँडा जाने सडकखण्ड नबनेका कारण निकै समस्या भइरहेको छ। हरेक वर्ष वर्षात्‌को समयमा यो सडकखण्डमा फोहोर बोकेका ट्रक हिँड्न नसक्ने अवस्था हुन्छ।

८ वर्षअघि आर्थिक वर्ष २०७१/०७२ मा सडक विभागमार्फत् यो सडक खण्डको निर्माणको जिम्मा शारदा अधिकारीको कम्पनीले पाएको थियो। सुरुवातमा २ वर्षको म्याद तोकेर निर्माणको काम पाएको उक्त कम्पनीले समयमा काम गर्न नसक्दा पटक–पटक म्याद थपिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सडक विभागअन्तर्गत उक्त सडकखण्ड निर्माण योजना प्रमुख गौतमकुमार श्रेष्ठका अनुसार कम्पनीलाई ७ पटकसम्म म्याद थप गरिएको थियो। ‘सुरुवातमा २ वर्ष समय तोकिएको थियो’, नेपाल लाइभसँग कुराकानी गर्दै उनले भने, ‘बीचमा भूकम्पले समस्या भयो । बीचमा जग्गाको विवाद आयो। के–के समस्या भयो। हामीले म्याद थपि रह्यौं। निरन्तर म्याद थप गर्दा पनि ७ पटकसम्म म्याद थप भएको थियो। त्यसपछि भने ठेक्का रद्द गरेका हौं।’

सडक निर्माण कार्य समयमा सम्पन्न नगर्दै गत चैतमा ७औं पटक थपिएको म्याद पनि सकिएको थियो। म्याद सकिएपछि विभागले ठेक्का रद्द गर्दा कम्पनीले भने अदालतमा मुद्दा हाल्दै ‘स्टे अर्डर’ को माग गरेको थियो ।

योजना प्रमुख श्रेष्ठकाअनुसार गत वर्ष चैतमा अन्तिमपटक थपिएको म्याद सकिँदा ५० प्रतिशत सडक निर्माण भएको अवस्था थियो। तर, हाल वर्षा र अन्य कारण निर्माणको प्रगति भने शून्यसरह रहेको छ। ८ वर्ष अघि ठेक्का लिएको उक्त कम्पनीलाई पटक–पटक सडक विभागले समयमा नै काम सक्न ताकेता गरे पनि कम्पनीले भने काम गरेको थिएन। 

कुल २५ किलोमिटर लम्बाइ रहेको यो सडकखण्डमा ८ किलोमिटर सडक उपत्यकाबाट फोहोर फ्यांक्न जाने गाडी कुद्ने बाटो थियो। सडक विभागले ३१ करोड लागतमा शैलुङ्ग कन्सट्रक्सनलाई निर्माणको जिम्मा दिएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ललितपुर जिल्ला अदालतले शैलुङ्गको पक्षमा जारी अन्तरिम आदेश खारेज गरेसँग अब सडक निर्माणका लागि नयाँ ठेक्काको बाटो समेत खुलेको छ। सार्वजनिक टेण्डर आह्वान गरेर नयाँ कम्पनीलाई ठेक्का दिइने योजनाका प्रमुख श्रेष्ठले बताए।

सडक विभागले निर्माण कम्पनीसँग १ करोड ५५ लाख रुपैयाँ जरिवाना असुल गर्ने निर्णय समेत गरेको थियो। अदालतको आदेशपछि जरिवाना असुल गर्ने बाटो पनि खुलेको योजना प्रमुख श्रेष्ठको भनाइ छ। 

 

अदालतको आदेशपछि प्रचण्डमाथि बालेन्द्रको कटाक्ष
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको सचिवालयका एक सदस्यका अनुसार सो सडकखण्डकै कारण पनि फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ। मेयर बालेन्द्र शाह स्वयंले पनि समय समयमा सडकको अवस्थाका कारण फोहोर व्यवस्थापनमा समस्या भएको बताउँदै आएका थिए।

मंगलबार अदालतको आदेश आएसँगै शाहले सामाजिक सञ्जालमार्फत् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कटाक्ष गरेका छन्। सो सडक खण्डको दूरावस्था देखाउने भिडियो क्लिप सामाजिक सञ्जालमा राख्दै बालेनले लेखेका छन्, ‘श्रीमान् प्रचण्डज्यु! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर?’

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  २१:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्