• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

प्रचण्डका घरबेटी अधिकारीको कम्पनीबाट खोसियो तीनपिप्ले-बञ्चरेडाँडा सडक निर्माण ठेक्का

१ करोड ५५ लाख जरिवानासहित तीन वर्ष कालो सूचीमा राख्न सिफारिस
64x64
नेपाल लाइभ मंगलबार, साउन ३१, २०७९  २१:४८
1140x725

काठमाडौं– तीनपिप्ले–बञ्चरेडाँडा सडक खण्डको बाटो निर्माणको ठेक्का पाएको शैलुङ कन्सट्रक्सनकाे ठेक्का रद्द भएको छ। जिल्ला अदालत ललितपुरले यसअघि भएको अन्तरिम आदेशलाई खारेज गर्दै उक्त कम्पनीसँगको सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णयलाई सदर गरेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी शारदा अधिकारीको कम्पनी शैलुङ्ग कन्सट्रक्सनसँगको ठेक्का सडक विभागले यसअघि नै रद्द गरिसकेको थियो। तर, कम्पनीले गत असार ८ गते ठेक्का रद्ध गर्ने सडक विभागको निर्णयविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अदालतले शुरुमा अन्तरिम आदेश जारी गर्दै ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो।

मंगलबार ललितपुर जिल्ला अदालतकी न्यायाधीश सिता शर्मा अधिकारीको एकल इजालसले उक्त अन्तरिम आदेशलाई खारेज गर्दै सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णयको पक्षमा आदेश दिएको छ। सडक विभागले अधिकारीको कम्पनीलाई ३ वर्षसम्म कालो सूचीमा राख्न पनि  सिफारिस गरेको थियाे।

८ वर्षअघि भएको ठेक्कामा सडक विभागले पटक–पटक म्याद थप गर्दा पनि अधिकारीको कम्पनीले काम नगरेपछि गत चैतमा अन्तिम पटक थपिएको म्याद सकिएको थियो। कम्पनीलाई ७ पटकसम्म म्याद थप गर्दा पनि समयमा काम सम्पन्न भएको थिएन। अन्तिमपटक थपिएको म्याद गत चैतमा सकिएपछि सडक विभागले थप म्याद नथप्ने भन्दै गत असार ५ गते ठेक्का तोडेको थियो। तर, अधिकारीको कम्पनी ‘शैलुङ कन्सट्रक्सन’ ले जिल्ला अदालत ललितपुरमा सडक विभागविरुद्ध मुद्दा दायर गरेको थियो।

गत असार १५ गते दायर गरिएको उक्त मुद्दामा जारी अन्तरिम आदेश साेमबार खारेज  भएको हो। यसअघि जारी गरिएको अन्तरिम आदेशलाई खारेज गर्दै अदालतले सडक विभागले कम्पनीसँग गरेको ठेक्का रद्दलाई सदर गरेको हो। अन्तरिम आदेश खारेजीपछि  सडक विभागले कम्पनीसँग गरेको ठेक्का रद्द गरेर नयाँ ठेक्का गर्न खोजेको विषयलाई नै सदर  भएकाे  छ। अदालतले उनकाे पक्षमा आदेश नगरेपछि अधिकारीको कम्पनी ‘शैलुङ कन्सट्रक्सन’ लाई ३ वर्षसम्म कालो सूचीमा राख्नसमेत बाटाे खुलेकाे छ । अदालतकाे आदेशपछि तीनपिप्ले–वञ्चरेडाँडा सडकखण्ड निर्माण योजनाको योजना प्रमुख गौतम कुमार श्रेष्ठले कालाे सूचीमा राख्ने बाटाे खुलेकाे बताए।

शैलुङको बैगुन: ८ वर्षमा ५० प्रतिशत काम मात्रै, ७ पटक म्याद थप

हाल काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनको विषयमा सिसडोल तथा वञ्चरेडाँडा जाने सडकखण्ड नबनेका कारण निकै समस्या भइरहेको छ। हरेक वर्ष वर्षात्‌को समयमा यो सडकखण्डमा फोहोर बोकेका ट्रक हिँड्न नसक्ने अवस्था हुन्छ।

८ वर्षअघि आर्थिक वर्ष २०७१/०७२ मा सडक विभागमार्फत् यो सडक खण्डको निर्माणको जिम्मा शारदा अधिकारीको कम्पनीले पाएको थियो। सुरुवातमा २ वर्षको म्याद तोकेर निर्माणको काम पाएको उक्त कम्पनीले समयमा काम गर्न नसक्दा पटक–पटक म्याद थपिएको थियो।

Ncell 2
Ncell 2

सडक विभागअन्तर्गत उक्त सडकखण्ड निर्माण योजना प्रमुख गौतमकुमार श्रेष्ठका अनुसार कम्पनीलाई ७ पटकसम्म म्याद थप गरिएको थियो। ‘सुरुवातमा २ वर्ष समय तोकिएको थियो’, नेपाल लाइभसँग कुराकानी गर्दै उनले भने, ‘बीचमा भूकम्पले समस्या भयो । बीचमा जग्गाको विवाद आयो। के–के समस्या भयो। हामीले म्याद थपि रह्यौं। निरन्तर म्याद थप गर्दा पनि ७ पटकसम्म म्याद थप भएको थियो। त्यसपछि भने ठेक्का रद्द गरेका हौं।’

सडक निर्माण कार्य समयमा सम्पन्न नगर्दै गत चैतमा ७औं पटक थपिएको म्याद पनि सकिएको थियो। म्याद सकिएपछि विभागले ठेक्का रद्द गर्दा कम्पनीले भने अदालतमा मुद्दा हाल्दै ‘स्टे अर्डर’ को माग गरेको थियो ।

योजना प्रमुख श्रेष्ठकाअनुसार गत वर्ष चैतमा अन्तिमपटक थपिएको म्याद सकिँदा ५० प्रतिशत सडक निर्माण भएको अवस्था थियो। तर, हाल वर्षा र अन्य कारण निर्माणको प्रगति भने शून्यसरह रहेको छ। ८ वर्ष अघि ठेक्का लिएको उक्त कम्पनीलाई पटक–पटक सडक विभागले समयमा नै काम सक्न ताकेता गरे पनि कम्पनीले भने काम गरेको थिएन। 

कुल २५ किलोमिटर लम्बाइ रहेको यो सडकखण्डमा ८ किलोमिटर सडक उपत्यकाबाट फोहोर फ्यांक्न जाने गाडी कुद्ने बाटो थियो। सडक विभागले ३१ करोड लागतमा शैलुङ्ग कन्सट्रक्सनलाई निर्माणको जिम्मा दिएको थियो। 

ललितपुर जिल्ला अदालतले शैलुङ्गको पक्षमा जारी अन्तरिम आदेश खारेज गरेसँग अब सडक निर्माणका लागि नयाँ ठेक्काको बाटो समेत खुलेको छ। सार्वजनिक टेण्डर आह्वान गरेर नयाँ कम्पनीलाई ठेक्का दिइने योजनाका प्रमुख श्रेष्ठले बताए।

सडक विभागले निर्माण कम्पनीसँग १ करोड ५५ लाख रुपैयाँ जरिवाना असुल गर्ने निर्णय समेत गरेको थियो। अदालतको आदेशपछि जरिवाना असुल गर्ने बाटो पनि खुलेको योजना प्रमुख श्रेष्ठको भनाइ छ। 

 

अदालतको आदेशपछि प्रचण्डमाथि बालेन्द्रको कटाक्ष
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको सचिवालयका एक सदस्यका अनुसार सो सडकखण्डकै कारण पनि फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ। मेयर बालेन्द्र शाह स्वयंले पनि समय समयमा सडकको अवस्थाका कारण फोहोर व्यवस्थापनमा समस्या भएको बताउँदै आएका थिए।

मंगलबार अदालतको आदेश आएसँगै शाहले सामाजिक सञ्जालमार्फत् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कटाक्ष गरेका छन्। सो सडक खण्डको दूरावस्था देखाउने भिडियो क्लिप सामाजिक सञ्जालमा राख्दै बालेनले लेखेका छन्, ‘श्रीमान् प्रचण्डज्यु! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर?’

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  २१:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’
निष्कासनपछि गगनले भने– मैले नेतृत्वलाई कुरा बुझाउनै सकिनँ
सम्बन्धित सामग्री
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ कर... शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’ बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निष्कासनपछि गगनले भने– मैले नेतृत्वलाई कुरा बुझाउनै सकिनँ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्