काठमाडौं– वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले श्रावणको अन्तिम सोमबार पारेर आज सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ।
वृज सिमेन्ट र लायन्स एण्ड लियो क्लब अफ काठमाडौं चाबहिलको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा भक्तजनहरुलाई निःशुल्क रुपमा खानेपानी, फलफूल जुसलगायत वितरण गरिएको थियो।
पशुपति दर्शनका लागि आउने भक्तजनलाई दर्शनका क्रममा सहजीकरण गर्न कार्यक्रम आयाेजकले एक सय ५० जनाभन्दा बढी स्वयंसेवकहरुले सहयोग पुर्याएका थिए ।
संयुक्त रुपमा संचालन गरिएको स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत, रक्तचाप र जनरल चेकअप गरिएको थियो।
शिविरमा करिब दुई हजार जनाले स्वास्थ्य परिक्षण गराएका थिए । उक्त कार्यक्रम आफ्नो वार्षिक कार्यक्रमअनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको वृज सिमेन्ट कम्पनीले जनाएको छ ।
श्रावणको सोमबार देशभर महादेवको विभिन्न मन्दिरहरुमा पुजा अर्चना गरिन्छ र आजका दिन विशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेसी लगायत देशभरका शिवमन्दिरमा पुजा अर्चनाका लागि भक्तजनहरुको बाक्लो घुइँचो लाग्ने गर्दछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।