काठमाडौं– दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डुआन ओलिभर इङ्ग्ल्यान्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिएका छन्।
इङ्ल्यान्ड लायन्सविरुद्धको अभ्यास खेलमा उनले दुई विकेट लिनेक्रममा दाहिने हिपमा चोट बोक्न पुगेका हुन्। यस खेलमा दक्षिण अफ्रिका एक इनिङ्स र ५६ रनले पराजित भएको थियो।
दक्षिण अफ्रिकाका टोलीका चिकित्सक हर्षेन्द्र रामजीले भने, ‘म्याचको तेस्रो दिन डुआनमा यो समस्या देखिएको थियो। त्यसपछि उनको एमआरआई स्क्यान गरिएको थियो। उनको दाहिने हिपको मांसपेशीमा समस्या भएको देखाएको थियो। उनी साउथ अफ्रिका फर्कने छन्।’
यसैबीच, खुट्टाको चोटका कारण आयरल्यान्डविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका अर्का तीव्र गतिका बलर कागिसो रबाडाले पनि पहिलो टेस्ट खेल्ने आशंका गरिएको छ। उनले अझै आफ्नो फिटनेसमा सुधार गर्न सकेका छैनन्।
पहिलो टेस्ट अगस्ट १७ बाट लर्ड्समा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।