काठमाडौं– विकेटकिपर ब्याट्सम्यान वेस्ली बरेसीले पाकिस्तानविरुद्ध हुने तीन खेलको एकदिवसीय सिरिजका लागि नेदरल्यान्ड्सको टोलीमा पुनरागमन गरेका छन्।
३८ वर्षीय बरेसीले अन्तिम पटक सन् २०१९ जुनमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। अधिकांश ‘द हन्ड्रेड’ र ‘रोयल लन्डन कप’ खेल्न गएपछि नेदरल्यान्ड्सले खेलाडीको अभावको सामना गरिरहेको छ। यी प्रतियोगितामा ७ खेलाडी सहभागी छन्। उनीहरु राष्ट्रिय टोलीमा अनुपलब्ध छन्।
अगस्ट १६ बाट सुरु हुने सिरिजमा २० वर्षीय ब्याटिङ अलराउन्डर अर्णव जैन समेटिएका छन्। इङ्ल्यान्डविरुद्ध एक एकदिवसीय खेलेका फिलिप बोसवान भने टोलीबाट बाहिरिएका छन्।
पाकिस्तानी टोली शनिबार नेदरल्यान्ड्स पुगेको थियो। पाकिस्तानले १६, १८ र २१ अगस्टमा तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ। तीनवटै खेल रोटरडमको हेजेलरवेग स्टेडियममा हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।