काठमाडौं– बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले अलराउन्डर शकिब अल हसनलाई आगामी एसिया कप, न्यूजिल्यान्डमा हुने त्रिकोणात्मक सिरिज र टी–२० विश्वकपका लागि टोलीको कप्तान नियुक्त गरेको छ।
सट्टेबाजी कम्पनीसँगको सम्बन्धका कारण बीसीबी शकिबसँग असन्तुष्ट थियो। बीसीबीले उनलाई कम्पनी छाड्न निर्देशन दिएको थियो। शकिबले पनि शुक्रबार बेटविनर न्यूजसँगको आफ्नो सम्झौता रद्द गरेका थिए।
युएईमा अगस्ट २७ बाट सुरु हुने एसिया कपका लागि बंगलादेशले १७ सदस्यीय टोली घोषणा गरेको छ। यसपछि बंगलादेशको टोलीले न्यूजिल्यान्डमा त्रिकोणात्मक टी–२० सिरिज खेल्ने छ। जसमा आयोजकबाहेक तेस्रो टोली पाकिस्तानको हुनेछ। त्यसपछि टोली टी–२० विश्वकप खेल्न अस्ट्रेलिया जानेछ।
एसिया कपका लागि बंगलादेशको टोली :
शकिब अल हसन (कप्तान), अनामुल हक, मुस्फिकुर रहिम, अफिफ हुसेन, मोसाद्देक हुसेन, महमुदुल्लाह, महेदी हसन, मोहम्मद सैफुद्दीन, हसन महमूद, मुस्ताफिजुर रहमान, सब्बीर रहमान, मेहदी रहमान, अहमद इबादत हुसेन, परवेज हुसैन इमन, नुरुल हसन, तस्किन अहमद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।