काठमाडौं– बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले महिला इन्डियन प्रिमियर लिग (आईपीएल)को लागि आगामी मार्चमा एक महिनाको समय तोकेको छ। सन् २०२३ मा सुरु हुने यस लिगमा काम भइरहेको छ।
बीसीसीआईले महिला आईपीएल आयोजना गर्न महिलाको घरेलु तालिका परिवर्तन गरिसकेको छ। नोभेम्बरदेखि अप्रिलसम्म चल्ने महिला सिजन एक महिना पछाडी धकेलिएको छ।
२०२२–२३ को सिनियर महिला सिजन अब ११ अक्टोबरमा टी–२० प्रतियोगिताबाट सुरु हुनेछ। यो फेब्रुअरीमा अन्तर-क्षेत्रीय एकदिवसीय प्रतियोगिता समापन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।