काठमाडौं– एसिया कप गुमाएका भारतीय टोलीका तीव्र गतिका बलर जसप्रित बुमराहको चोट गम्भीर भएको छ। उनी आईसीसी टी–२० विश्वकपसम्म फिट हुन गाह्रो देखिएको छ।
यस्तो अवस्थामा उनको टी–२० विश्वकप खेल्नेमा शंका उत्पन्न भएको छ। तर, टी–२० विश्वकप सुरु हुन अझै २ महिनाको समय बाँकी छ। यसपटकको टी–२० विश्वकप अक्टोबरमा अस्ट्रेलियामा हुँदैछ।
यस्तै, बुमराहको चोटबारे बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले आधिकारिक रूपमा केही प्रतिक्रिया दिएको छैन। बुमराहलाई बीसीसीआईले पुनर्वासका लागि बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा जान आग्रह गरेको छ।
बुमराह यसअघि २०१९ मा विश्वकपपछि चोटका कारण क्रिकेटबाट लामो समय टाढा रहेका थिए। उनको ढाडको तल्लो भागमा ‘स्ट्रेस फ्र्याक्चर’ भएको थियो। फर्किएको लामो समय बितिसक्दा पनि उनी पूर्णरुपमा फिट हुन सकेका छैनन्।
बुमराहको चोटको सबैभन्दा ठूलो कारण उनको अद्वितीय बलिङ ‘एक्सन’ हो। बलिङ गर्ने तरिकाले उनको ढाडमा धेरै समस्या उत्पन्न हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।