काठमाडौं– कप्तान बाबर आजम, शाहिन अफ्रिदी र मोहम्मद रिजवानलगायत पाकिस्तानका प्रमुख खेलाडीहरूको समूह पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को केन्द्रीय सम्झौतामा हस्ताक्षर गर्न सहमत भएको छ।
पीसीबीले एक साताअघि खेलाडीलाई सम्झौताको प्रतिलिपि पठाए पनि खेलाडीले हस्ताक्षर गरेका थिएनन्। पीसीबीले यो सिजन ३३ वटा केन्द्रीय सम्झौता घोषणा गरेको छ। तर, धेरै खेलाडीहरूले हस्ताक्षर गर्न अस्वीकार गर्दै आएका थिए।
तल्लो तहका करिब एक दर्जन खेलाडीले तुरुन्तै सम्झौतामा हस्ताक्षर गरे पनि बाबर, अफ्रिदी, रिजवान, शादाब खान, फखर जमान र हसन अलीलगायतका प्रमुख खेलाडीहरूले सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्।
विदेशी लिगमा सहभागिता जनाउने एनओसी प्रक्रियामाथि प्रश्न उठाउँदै खेलाडीहरूले सम्झौताप्रति विभिन्न किसिमका असन्तुष्टि व्यक्त गरेका छन्। आईसीसी कार्यक्रममा फोटोको अधिकारबारे पनि धेरै कुरा सोधिएको थियो। यसबाहेक आईसीसीको इभेन्टमा शुल्कलाई लिएर पनि निकै असन्तुष्टि देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।