काठमाडौं– घरेलु टोली जिम्बावेविरुद्धको एकदिवसीय सिरिजमा बंगलादेश क्लिन स्विप हुनबाट जोगिएको छ।
हरारेमा बुधबार भएको अन्तिम खेलमा बंगलादेशले जिम्बाबेलाई १ सय ५ रनले पराजित गर्दै तीन खेलको सिरिज २-१ मा टुङ्गाएको हो।
बंगलादेशले दिएको २५७ रनको लक्ष्य पछ्याएको जिम्बावे ३२ ओभर २ बलमा अलआउट हुँदै १ सय ५१ रनमा समेटियो।
जिम्बावेका रिचार्डले अविजित रहँदै सर्वाधिक ३४ रन बनाए। उनले २७ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यता, भिक्टर न्याउचीले ३१ बलमा ३ छक्का र १ चौकासहित २६ रन प्रहार गरे। क्लिभ मडान्डेदेले २४ रन बनाए।
जिम्बावेलाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले सर्वाधिक ४ विकेट लिए। यता, ताइजुल इस्लाम र एबाडोट होसेनले २/२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाएर २५६ रन बनाएको थियो।
बंगलादेशका अफिफ होसेनले अविजित रहँदै सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ८१ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
यता, अनामुल हकले ७१ बलमा ६ चौका र ४ छक्कासहित ७६ रनको अर्धशतकीय इनिङ्स खेले। महमुदउल्लाहले ३९ रन जोडे।
जिम्बावेका ब्राड इभान्स र लुक जोन्वीले २/२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।